+
+

रोमाले जित्यो पहिलो संस्करणको कन्फेरेन्स लिगको उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १२ गते ८:२४

१२ जेठ, काठमाडौं । इटालियन क्लब रोमाले पहिलो पटक आयोजना भएको यूईएफए कन्फ्रेन्स लिगको उपाधि जितेको छ । यूईएफएले यसै सिजनदेखि तेस्रो श्रेणीको क्लब फुटबल सुरु गरेको थियो ।

बुधबार राति भएको कन्फ्रेन्स लिग फाइनलमा रोमाले डच क्लब फेयेनुर्डलाई १-० ले हराएर च्याम्पियन बनेको हो ।

अल्वानियाको तिरानास्थित एरेना कोम्बेटारेमा भएको फाइनलमा रोमालाई जित दिलाउन ३२औं मिनेटमा निकोला जानिलाले गोल गरे ।

रोमाबाट कन्फ्रेन्स लिगको उपाधि जितेपछि प्रशिक्षक जोस माउरिन्हो युइएफएको मुख्य प्रतियोगिता जित्ने पहिलो प्रशिक्षक बने । उनले यसअघि पोर्टो र इन्टर मिलानबाट च्याम्पियन्स लिग तथा म्यानचेष्टर युनाइटेडबाट युरोपा लिग जितिसकेका छन् । यस्तै पोर्टोबाट त्यसअघि नै यूईएफए कप समेत जितेका थिए  ।

प्रतियोगिताको सुरुवातदेखि नै कन्फ्रेन्स लिग जित्ने विश्वासका साथ खेलेको माउरिन्होले बताए । धेरैले यो क्षणको प्रतीक्षा गरिरहेको र आफूहरुले इतिहास बनाएको उनले बताए ।

रोमाले १४ वर्षपछि पहिलो पटक ठूलो उपाधि जितेको हो । रोमाले पछिल्लो पटक सन् २००८ मा कोपा इटालियाको उपाधि जितेको थियो ।

यस सिजन लिगमा छैटौं भएर रोमा अर्को सिजनको युरोपा लिगमा छनोट भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?