+
+

काठमाडौं महानगरमा एकीकृत समाजवादीको पहिलो जित, वडाध्यक्ष बने डंगोल

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १२ गते १३:४२

१२ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले काठमाडौं महानगरको वडामा जित निकालेको छ ।

महानगरको वडा नम्बर १५ मा एकीकृत समाजवादीका उम्मेदवार ईश्वरमान डंगोल निर्वाचित भएका हुन् । एकीकृत समाजवादीबाट काठमाडौं महानगरका वडामा विजयी हुने एकमात्र उम्मेदवार हुन् ।

निर्वाचित डंगोलले तीन हजार ४७६ मत पाएका छन् । डंगोलले कांग्रेसका उम्मेदवार जीवन डंगोललाई फराकिलो अन्तरले पराजित गरेका हुन् । पराजित कांग्रेस उम्मेदवार जीवन डंगोलले एक हजार ५७२ मत ल्याए । एमालेबाट उम्मेदवार बनेका पूर्णकाजी डंगोलले एक हजार ३९३ मत ल्याए ।

ईश्वरमान ०७४ सालको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

यस वडामा मेयरतर्फ सबैभन्दा बढी बालेन्द्र साह (बालेन) ले दुई हजार १०६ मत पाएका छन् । एमालेका केशव स्थापितले एक हजार ५६८ मत पाउँदा कांग्रेस मेयर उम्मेदवार सिर्जना सिंहले एक हजार ५०९ मत ल्याइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?