+
+

नेपाल टी-२० लिग : टिम स्वामित्वको लागि टेण्डर आह्वान

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १३ गते १२:४७

१३ जेठ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) आगामी असोजमा हुन लागेको नेपाल टी–२० लिग खेल्ने ६ फ्रेन्चाइज टिमको स्वामित्व खरिदका लागि टेन्डर आह्वान गरेको छ ।

आयोजक क्यान र प्रतियोगिताको व्यापारिक र रणनीतिक साझेदार सेभेन थ्री स्पोर्ट्सले टिम स्वामित्व लिन चाहनेका लागि शुक्रबार टेन्डर अह्वान गरेको क्यानले जनाएको छ ।

क्यानले पहिलो पटक आयोजना गर्न लागेको लिगमा ६ टिमले प्रतिस्पर्धा गर्नेछन् । त्यसका लागि क्यानले यसअघि नै ६ शहरको नामबाट टिमको नाम सार्वजनिक गरिसकेको छ ।

लिगमा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी–भैरहवा र फार वेस्टर्न टिम रहने क्यानले जनाइसकेको छ । अब उक्त टिमको स्वामित्व लिनका लागिस क्यानले टेण्डर आह्वान गरेको हो ।

अब टिम लिन इच्छुकहरुले टेन्डर प्रकियाबाट टिम खरिद गर्नका लागि इमेल गर्न क्यानले जानकारी गराएको छ ।

टेण्डर आजै देखि खुल्ला भइसकेको छ र टेण्डर पेश गर्ने अन्तिम समय २७ जेठसम्मको लागि तोकिएको छ । यस्तै टेण्डरबारे स्पष्टिकरण खोज्ने मिति २३ जेठ सम्म रहेको क्यानले जनाएको छ ।

क्यान र सेभेन थ्री स्पोर्ट्सले कुनै कारण नदिई कुनै पनि चरणमा बोलपत्र प्रक्रिया रद्द गर्ने वा संशोधन गर्ने अधिकार सुरक्षित राख्ने पनि जनाएको छ ।

नेपाल टी२० लिगको पहिलो संस्कणर आगामी असोज ८ देखि कात्तिक ५ गतेसम्म गर्ने क्यानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?