+
+

१३ वर्षअघिको हत्या घटनाका आरोपी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १३ गते १८:१५

१३ जेठ, काठमाडौं । १३ वर्षअघि भएको हत्याको घटनाका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । गोरखाको साविक बोर्लाङ गाविस-७ हटियाका दिलबहादुर दराईको हत्या अभियोगमा भक्तपुर सुडालका ३८ वर्षका कैलाश कार्की पक्राउ परेका हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले उनलाई शुक्रबार पक्राउ गरेको हो । उनलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय गोरखा पठाइएको केन्द्रीय अनुसन्धान व्यूरोका उपनिर्देशक कमल थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?