+
+

तारा एयरको जहाजको खोजी मुस्ताङको घाँसामा केन्द्रित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १५ गते ११:२४

१५ जेठ, काठमाडौं । सम्पर्क विहीन भएको तारा एयरको जहाज खोजीमा खटिएको टोली मुस्ताङको घाँसा केन्द्रित भएको छ । स्थानीयले ठूलो आवाज सुनिएको र आगो बलेको देखिएको भनेर खबर गरेपछि टोली त्यसतर्फ गएको हो ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले आफूले पनि त्यो सूचना पाएको तर एकिन भइनसकेको बताए । हराएकाे जहाज खाेज्न लेते र काभ्रेभीर आसपास टाेली खटिएकाे प्रजिअ शर्मा बताउँछन् ।

तारा एयरको उक्त जहाज आज बिहान पोखराबाट १९ जना यात्रु लिएर मुस्ताङको जोमसोम उडेको थियो । उक्त जहाज सिनियर क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए । घिमिरेले पहिले नागरिक उड्ययन प्राधिकरणमा पनि काम गरेका थिए ।

घाँसाका स्थानीय विशाल शेरचनका अनुसार त्यहाँ बादल लागिरहेकाे र पानी परिरहेकाे छ । ३ मिनेटकाे फरकमा जहाजहरू मुस्ताङतिर गइरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?