+
+

त्रिभुवन विश्वविद्यालयलाई सेन्टर अफ एक्सिलेन्सको रुपमा विकास गरिने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १५ गते १८:०३

१५ जेठ, काठमाडौं । सरकारले उच्च शिक्षाको अध्ययन अध्यापन कार्यलाई अनुसन्धानमा आधारित बनाउन त्रिभुवन विश्वविद्यालयलाई सेन्टर अफ एक्सिलेन्सको रुपमा विकास गर्ने भएको छ ।

आगामी आर्थिक वर्षमा सरकारले त्रिभुवन विश्वविद्यालयलाई सेन्टर अफ एक्सिलेन्सको रुपमा विकास गरिने अर्थमन्त्री जनार्दन शर्माले बजेट सार्वजनिक गर्ने क्रममा बताएका छन् ।

नेपालका उच्च शैक्षिक संस्थाहरुमा विदेशी विद्यार्थीको लागि आरक्षणको विकास गरी भर्नाको लागि सहज र सहज आवासको लागि व्यवस्था गरिने भएको छ ।

विदेशी प्राध्यापकहरुलाई समेत सहज भिषाको व्यवस्था गरी नेपाल आउन सहजीकरण गरिनेछ ।

सकारले नयाँ र उदयीमान विषयमा उच्च शिक्षाको अध्ययनको अवसर स्वदेशभित्रै प्रदान गरी उच्च शिक्षाको लागि विदेश जाने प्रवृत्ति न्यून गर्न सार्वजनिक नीति लिएको छ ।

नीति तथा साझेदारी अवधारणामा अन्तर्राष्ट्रिय स्तरको सूचना प्रविधि अध्ययन प्रतिष्ठान स्थापना सहजीकरण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?