+
+

स्यानिटरी प्याड आयातमा भारी भन्सार शुल्क कटौती

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १५ गते १९:१२

१५ जेठ, काठमाडौं । सरकारले स्यानीटरी प्याडको आयातमा भारी मात्रामा भन्सार कटौती गरेको छ ।

संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले स्यानिटरी प्याडको भन्सार शुल्क ९० प्रतिशतले घटाइएको जानकारी दिए ।

चालु आर्थिक वर्षसम्म स्यानिटरी प्याड आयातमा १५ प्रतिशत भन्सार महशुल लाग्दै आएको थियो ।

यस्तै नेपालमै स्यानीटरी प्याड उद्योग खोल्न चाहे त्यसको कच्चा पदार्थ आयातमा एक प्रतिशत मात्रै कर लाग्ने व्यवस्था बजेटमा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?