+
+

वीरगञ्ज युथलाई हराउँदै ‘बी’ डिभिजनमा उक्लियो झापा

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १६ गते १५:१९

१६ जेठ, काठमाडौं । झापा फुटबल क्लब सी डिभिजन लिगमा एक खेल अगावै सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बढुवा हुने निश्चित भएको छ ।

ललितपुरमा जारी सहिद स्मारक ‘सी’ डिभिजन लिगमा सोमबार वीरगञ्ज युथ क्लबलाई ५–० गोलअन्तरले पराजित गरी झापाले लिगको शीर्ष दुईमा स्थान सुरक्षित गरेको हो ।

झापाको जितमा पुरन राईले ४ गोल गरे । सन्तोष लावतीले १ गोल थपे ।

१२ खेलबाट झापा ३१ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । उसले १० जित, एक बराबरी र एक हारको नतिजा निकालेको छ ।

बी डिभिजनमा उक्लिने दोस्रो टोलीका लागि भने प्रतिस्पर्धा रोमान्चक हुँदैछ । समान १२ खेलबाट प्लानिङ व्वाइज युनाइटेड र आसरी–३२ को २८ अंक छ । लिगको अन्तिम खेलबाट यी दुईमध्ये एक टोलीले अर्को वर्ष बी डिभिजन लिग खेल्न पाउनेछन् ।

यो हारपछि वीरगञ्ज युथ एकेडेमी सी डिभिजनबाट रेलिगेसनमा परेको छ । ओसिस क्लब यसअघि नै रेलिगेसनमा पर्ने निश्चित भइसकेको छ । वीरगञ्जको १२ खेलबाट ५ अंकमात्र भएको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?