+
+

अर्थमन्त्रीलाई पौडेलको प्रश्न : विद्युतीय सवारीमा अन्तःशुल्क किन ?

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १७ गते १२:११

१७ जेठ, काठमाडौं । सरकारले विद्युतीय सवारी साधान प्रयोगलाई निरुत्साहित गर्न खोजेको पूर्वअर्थमन्त्री विष्णु पौडेलले बताएका छन् ।

आर्थिक वर्ष २०७९/८० को बजेटमाथि संसदमा सुरु भएको छलफलमा भाग लिंदै नेकपा एमालेका उपाध्यक्षसमेत रहेका पौडेले उल्टो दिशामा यात्रा तय गरेको बजेट आएको बताए ।

विद्युतीय सवारीको भन्सार बढाउनुका साथै अन्तःशुल्कसमेत लगाइएको भन्दै उनले भने, ‘रक्सी चुरोट जस्ता चिजमा अन्त शुल्कको प्रबन्ध गर्ने हाम्रो प्रचलन छ । अब हामी विद्युतीय सवारी आयातमा पनि अन्तशुल्क लगाउने भयौं ।’

नले अघि भने, ‘हामी विद्युतीय सवारी साधान प्रयोगलाई निरुत्साहित गर्नेछौं । यस्तो गलत निर्णय किन ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?