+
+

जीवनभर बार्सिलोनाबाटै खेल्न चाहन्छन् फाती

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १७ गते १३:०२

१७ जेठ, काठमाडौं । अंशु फातीले आफ्नो वर्तमान र भविष्य सबै बार्सिलोनामै रहेको प्रष्ट पारेका छन् । स्पेनिस युवा स्टार फातीले प्रष्ट सन्देश दिएका छन्–उनी क्याम्प नोउमा सफल हुन चाहन्छन् ।

फाती पीएसजीजस्ता अन्य टिमसँग कुराकानीमा रहेको अफवाहका बीच उनले बार्सिलोनाबाहेक अन्य टिमबारे नसोचेको बताएका हुन् ।

क्यानल प्लससँगको अन्तर्वार्ताका क्रममा फातीले लिग १ च्याम्पियनसँग सम्झौतानजिक पुगेको हल्लालाई निराधार भनेका छन् । ‘के पीएसजी मलाई अनुबन्ध गर्न चाहन्छ ? मलाई यसबारे वास्तवमै थाहा छैन । यो कुरा मेरो एजेन्ट र अभिभावकलाई मात्र थाहा हुन्छ,’ फातीले धनेका छन्, ‘सुरुदेखि नै मैले एजेन्ट र मेरो बुबालाई आफ्नो उद्देश्यबारे प्रष्ट पारको छु । म अहिले पनि स्पष्ट छु । मेरो सम्पूर्ण करिअर नै यहीँ हुनसक्छ ।’

चोटका कारण दुई वर्षको अन्तरालमा पहिलोपल्ट फातीले स्पेनिस राष्ट्रिय टोलीका लागि सोमबारदेखि अभ्यास सुरु गरेका छन् ।

फातीले बार्सिलोनाको त्यस प्रस्तावलाई बिर्सिएका छैनन्, जब उनलाई लियोनल मेस्सीको १० नम्बर जर्सीको प्रदान गरिएको थियो ।

‘मलाई क्लबले बोलाएर यो प्रस्ताव राखेको हो । उनीहरु १० नम्बरको जर्सी मलाई दिँदैछन् । क्लबले मलाई कप्तानले पनि स्वीकार गरिसकेका छन् र यो मेरालागि गर्वको कुरा हो भनेको थियो,’ फातीले भने, ‘यदि तपाई बार्सिलोनामा हुनुहुन्छ भने हरेक कुराका लागि तयार हुनुपर्छ । लियोले बार्सिलोनाका लागि धेरै कुरा दिएका छन् । उनलाई अर्को क्लबमा देख्न कसैले मन पराउँदैनन् । मलाई आशा छ उनका लागि सबैकुरा ठीक हुँदै जानेछ ।’

चोटग्रस्त हुनु हरेक खेलाडीका लागि कठिन परीक्षा हो । यो फाती पनि स्वीकार गर्छन् । तर उनी यसको परिप्रेक्ष पनि दर्शाउँछन् । ‘चोटले मलाई पनि कठिन स्थितिमा पु¥यायो । यो खेलाडीका लागि सबैभन्दा खराव कुरा हो,’ उनले भने ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?