+
+

बजेटपछि लगातार दोस्रो दिन घट्यो सेयर बजार

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १७ गते १५:२९

१७ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याएपछि सेयर बजार लगातार दोस्रो दिन पनि घटेको छ । मंगलबार ३५.५३ अंकले घटेको बजार २१३७.९२ विन्दुमा झरेर रोकियो ।

सोमबार समेत बजार ५० अंकभन्दा बढीले घटेको थियो । मंगलबार म्यूचुअल फण्डबाहेक सबै उपसमूहको सेयर मूल्य घटेको छ । सबैभन्दा धेरै निर्जिवन बीमा कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

मंगलबार २२९ कम्पनीका २७ हजार ५१९ कारोबारबाट ३७ लाख ६९ हजार ८१२ कित्ता सेयर किनबेच भएको छ । यस दिन कुल १ अर्ब ३१ करोड ७६ लाख ९९ हजार ९० रुपैयाँ बराबरको कारोबार भएको छ ।

मंगलबार उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै ८.२३ प्रतिशतले बढेर १४७५.८० रुपैयाँ पुग्यो । एनएमसी ५०, सामलिङ पावर, एनआईसी ग्रोथ फण्डसहितका कम्पनीको सेयर मूल्य पनि बढेको छ ।

नेपाल इन्भेस्टमेन्ट बैंकको सेयरमूल्य सबैभन्दा धेरै ९.९८ प्रतिशतले घटेको छ । एनएलजी इन्स्योरेन्सको मूल्य ६.५० प्रतिशतले घटको छ । मंगलबार एनआइसी एसिया बैंकको सबैभन्दा धेरै कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?