+
+

रञ्जित गजमेरको संगीतमा फिल्म ‘अभिन्न’को ‘मान्छे’ गीत रिलिज

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १८ गते १४:०५

काठमाडौं । कार्म स्टारर नयाँ फिल्म ‘अभिन्न’को गीत ‘मान्छे’ रिलिज भएको छ । लैनसिंह बाङ्देलको चर्चित उपन्यास ‘लङ्गडाको साथी’मा आधारित फिल्मको गीतमा कार्म फिचर्ड छन् ।

रञ्जित गजमेरद्वारा संगीतबद्ध गीतमा राजीव सुनारको स्वर छ । फिल्म निर्देशक समेत रहेका प्रशान्त रसाइलीले गीत लेखेका हुन् । यो फिल्म दार्जिलिङमा छायांकन गरिएको हो ।

नेपालमा समेत फिल्म प्रदर्शनको तयारी छ । बाङ्देलले २००८ सालमा लेखेको यो उपन्यासले दार्जिलिङ बजारमा डुलिरहने एक अपांग व्यक्तिले भोग्नुपरेको कारुणिक कथा र उसलाई सघाउने कुकुरको चरित्रलाई प्रस्तुत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?