+
+

बिरालोलाई लात हान्ने जुमाले १८० घण्टा सामाजिक सेवा गर्नुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १८ गते १६:११

१८ जेठ, काठमाडौं । आफ्नै घरमा पालेको बिरालोलाई झापड र लात हानेको आरोप पुष्टि भएपछि वेष्ट ह्यामका डिफेण्डर कर्ट जुमालाई अदालतले १८० घण्टा सामाजिक सेवा गर्नुपर्ने सजाय सुनाएको छ ।

२७ वर्षीय यी खेलाडीलाई आगामी पाँच वर्षसम्म घरमा बिरालो पाल्न नपाउने फैसलासमेत भएको छ । पशु अधिकार कानूनअन्तर्गत थेम्स म्याजिस्ट्रेट कोर्टमा भएको सुनुवाईमा उनले दुईवटा आरोप स्वीकार गरेका थिए ।

जुमाका दाई योआनलाई पनि १४० घण्टाको सामाजिक सेवा गर्नुपर्ने फैसला भएको छ । फुटबलर नै रहेका योआनसँग १५ मिनेट बयान लिइएको थियो ।

‘तपाईं दुवैले त्यो घरपालुवा बिरालोमाथि घृणित र निन्दनीय कृत्य गर्नुभयो,’ जिल्ला न्यायाधीश शुसान होल्डमले भनेका छन्, ‘बिरालोले आफ्नो आवश्यकता पूरा हुने आशामा तपाईहरुलाई हेरेको थियो । फेब्रुअरीको त्यो दिन तपाईंहरुले उसको आवश्यकता पूरा गरिदिनुभएको थिएन । तपाईंहरुलाई थाहा हुनु आवश्यक छ कि तपाईंलाई हेरेर थुप्रै अन्य युवा तपाईंको अनुकरण गर्ने प्रयास गर्नेछन् ।’

योआनको घरमा भएको यो घटना योआन आफैंले मोबाइलमा खिचेका थिए । फेब्रुअरी ६ मा उनले ‘लफिङ’ इमोजी राखेर स्न्यापच्याटमा पोष्ट गरेका थिए ।

भिडियोमा जुमाले विरालोमाथि जुत्ता प्रहार गरेका थिए, टाउकोमा थप्पड हानेका थिए भने लात हानेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?