+
+

टीभीएसले बागमती प्रदेशमा आयोजना गर्‍यो एओजीको पहिलो राइड 

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १९ गते १२:५८

काठमाडौं । टू–ह्वीलर्स कम्पनी टीभीएसले बागमती प्रदेशमा अपाची अनर्स ग्रुप (एओजी)को पहिलो राइड आयोजना गरेको छ । १४ जेठमा आयोजित राइडमा राइडमा ३५ जना राइडरहरु सहभागी भएका थिए ।  कम्पनीले पहिलो राइड धादिङ गोर्खा बीच रिसोर्टमसम्म पुर्‍याएको थियो ।

विभिन्न पेशाका सहभागीहरूले भाग लिएको एओजीमा २०० भन्दा धेरै आवेदन फारम परेका मध्ये ३५ जना राइडर सहभागी भएका थिए ।

नेपालका लोकप्रिय मोटोभ्लगर एमआरबी भ्ल्ग्स (विविध जङ्ग थापा)  लगायत अरू विभिन्न भ्ल्गर्सहरु पनि सो राइडमा उपस्थित थिए । बागमती प्रदेशमा भएको संस्करण लागि दर्ता गरेको बाँकी राइडर्सहरूलाई टीभीएसले बागमतीमै आगामी दिनमा हुने अरू संस्करणहरूमा उपस्थित गराउने जनाएको छ।

टीभीएसले बागमती प्रदेशसँगै गण्डकी प्रदेशमा पनि एओजी राइडका लागि दर्ता प्रक्रिया खुला गरिसकेको छ । नारायणी, कोशी, लुम्बिनी, महाकाली जस्ता नेपालका विभिन्न ठाउँहरूमा पनि एओजी  राइड सञ्चालन हुने कम्पनीले जनाएको छ ।

एओजीमा सहभागी राइडरहरु अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा पनि सहभागी हुन पाउने सम्भावना रहेको कम्पनीले बताएको छ ।

एओजी राइडमा सहभागी हुने सबै राइडर्सहरुलाई टीभीएसले फ्रि राइडिङ गेयर्स  उपलब्ध गराएको थियो ।  राइडरहरुका  लागि विभिन्न रोमान्चक खेलको आयोजना गरेको थियो भने विजेताहरुलाई पुरस्कार समेत वितरण गरेको थियो ।

जगदम्बा मोटर्सका प्रतिनिधि बिक्रम शर्मा पौडेलले एओजीमा धेरै राइडरहरुको सहभागिताले कम्पनीलाई खुसी दिलाएको भन्दै चाँडै नै अर्को यात्रा सञ्चालन गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?