+
+

१०७ ग्राम लागूऔषधसहित नागढुंगाबाट भारतीय पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १९ गते २०:०२

१९ जेठ, काठमाडौ । प्रहरीले १०७ ग्राम लागूऔषध खैरो र सेतो हेरोइनसहित एकजना भारतीय नागरिकलाई नागढुंगाबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहार मोतिहारी घर भएका २० वर्षीय दीपेन्द्र कुमार भगत रहेका छन् ।

वीरगञ्‍जबाट काठमाडौं आउँदै गरेको ना ७ ख २०१९ नम्बरको बसमा चेकजाँच गर्दा भार प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले खैरो हिरोइन (ब्राउन सुगर) १०३ ग्राम र सेतो हिरोइन (ह्वाइट सुगर) ४ ग्राम गरी जम्मा १०७ ग्राम बरामद गरेको छ ।

पक्राउ परेका उनीमाथि लागु औषध नियन्त्रण ऐन, २०३३ को कसूरमा काठमाडौं जिल्ला अदालतबाट दिन -१५ को म्याद थप अनुमति लिई प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?