+
+

खेलकुद पत्रकारलाई फेन्सिङ खेलको रिपोर्टिङ तालिम

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २० गते १८:०५

२० जेठ, काठमाडौं । नेपाल खेलकुद पत्रकार मन्त्रको एनएसजेएफ एकेडेमी र नेपाल फेन्सिङ संघको संयुक्त आयोजनामा खेल पत्रकारका लागि एकदिने खेलको फेन्सिङको नियमबारे एकदिने अभिमूखीकरण तालिम सम्पन्न भएको छ ।

एनएसजेएफ एकेडेमीले गत वर्षदेखि सन्चाल गरेको ‘नो योर गेम’ कार्यक्रमअन्तर्गत शुक्रबार फेन्सिङ खेलबारे पत्रकारहरुले जानकारी पाएका हुन् । सातदोवाटोस्थित नेपाल ओलम्पिक कमिटीको हलमाआयोजित तालिममा संंघका महासचिव सुजनलाल श्रेष्ठ, फेन्सिङका प्रमुख प्रशिक्षक अभिषेक कार्की र कोषाध्यक्ष अनुप कपालीले खेल पत्रकारहरुलाई प्रशिक्षण दिए ।

श्रेष्ठले विश्व फेन्सिङ र नेपालको इतिहास, कार्कीले खेलको तीन विधा फोइल, इपी र साबरको प्राविधिक पक्ष र कपालीले स्कोरिङ सिस्टमबारे प्रशिक्षित गराए । कार्यक्रममा ३० जना खेल पत्रकारको सहभागिता थियो ।

एनएसजेफ एकेडेमीको ‘नो योर गेम’ कार्यक्रमअन्तर्गत सञ्चालन गरेको यो पाँचौं खेलको प्रशिक्षण हो । यसअघि भलिबल, रक क्लाम्बिङ, बक्सिङ र ब्याडमिन्टन खेलबारे प्रशिक्षण सम्पन्न भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?