+
+

लाकाजेट्टेले आर्सनल छाड्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २० गते १८:२१

२० जेठ, काठमाडौं । फ्रान्सेली स्ट्राइकर अलेक्जेन्डर लाकाजेट्टेले जुनको अन्तिमदेखि क्लब छाड्न लागेको इंग्लिस प्रिमियर लिग क्लब आर्सनलले जानकारी दिएको छ ।

३१ वर्षीय लाकाजेट्टे सन् २०१७ मा ल्योनबाट आर्सनल आएका थिए । उनी सम्भवतः फ्रि ट्रान्सफरमार्फत पूर्वक्लब फर्किनेछन् ।

आर्सनलका लागि २०६ खेलमा उनले ७१ गोल गरेका छन् । उनले सन् २०२० मा आर्सनलका लागि एफए कप उपाधि जितेका छन् ।

‘लाका हाम्रा लागि एक मुख्य खेलाडीका रुपमा थिए,’ क्लबको तर्फबाट आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले भनेका छन्, ‘मैदानभित्र उनी नेतृत्वदायी भूमिकामा हुन्थे भने युवा खेलाडीका लागि हमेसा एक प्रेरणा बनेका थिए । हामी उनको सफल भविष्यको शुभकामना दिन्छौं ।’

सन् २०२१÷२२ सिजनमा लाकाजेट्टेलले आर्सनलका लागि ३६ खेलमा ६ गोल र ८ असिस्ट गरेका गिए । डिसेम्बरदेखि उनले टिमको कप्तानीको जिम्मेबारी पाएका थिए । गत सिजन आर्सनलले प्रिमियर लिगमा पाँचौं स्थान हासिल गरेको थियो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?