+
+

भलिबल संघको सातौं पूर्ण बैठक पोखरामा सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २१ गते १०:२६

२१ जेठ, काठमाडौं । नेपाल भलिबल संघ (एनभीए) को सातौं पूर्ण बैठक शनिबार पोखरामा सुरु भएको छ ।

दुई वर्षअघि नै वर्तमान कार्यसमितिको कार्यकाल सकिएकोमा अब केन्द्रीय कार्यसमितिको नयाँ निर्वाचनलगायत विभिन्न विषयमा बैठकमा छलफल हुनेछ ।

कोरोना महामारीका कारण समयमै संघको निर्वाचन हुन सकेको छैन । नयाँ खेलकुद ऐनपछि जिल्ला र प्रदेश कार्यसमिति गठन हुँदै केन्द्रीय कार्यसिमतिको निर्वाचन गर्नुपर्ने भएकोले त्यस विषयमा समेत छलफल हुनेछ ।

बैठकमा ७ वटा विषयमा छलफल हुने संघले जनाएको छ ।

संघले तय गरेको एजेन्डाअनुसार बैठकमा महासचिवको २०७६ वैशाख देखि २०७९ वैशाख महिना सम्मको सम्पन्न गरिएका कार्यक्रमहरुको प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन/ अनुमोदन सम्बन्धमा, छैटौं एनभीए राष्ट्रिय महिला/पुरुष क्लब लिगको समीक्षा, प्रथम दक्षिण एशियाली महिला भलिबल च्याम्पियनसीप -२०२२, विधान संशोधन मस्यौदा समिति गठन सम्बन्धमा, जिल्ला र प्रदेश भलिबल संघ गठनको लागि प्रतिनिधि छनौट सम्बन्धमा (प्रदेश र जिल्ला गठन, केन्द्रीय कार्य समितिको निर्वाचन) छलफल हुनेछ ।

यस्तै विविधअन्तर्गत (रेफ्रीहरु/क्लब निवेदन / विवाद, २०७४/०८० को लागि लेखा परीक्षकको  नियुक्तिलगायत विषय पनि छलफल हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?