+
+

विश्वकप लिग टू: दुवै ओपनर घाइते भएपछि सुवास खकुरेललाई टिममा बोलाइयो

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २२ गते १७:१६

२२ जेठ, काठमाडौं । दुवैजना ओपनर ब्याटर चोटग्रस्त भएपछि नेपाल क्रिकेट संघ (क्यान)ले भेट्रान क्रिकेटर सुवास खकुरेललाई टिममा समावेश गर्ने निर्णय गरेको छ ।

आईसीसी विश्वकप लिग टू अन्तर्गत अमेरिका र ओमानसँगको त्रिकोणात्मक श्रृङ्खला खेल्नका लागि नेपाली टिम एक सातादेखि अमेरिकाको टेक्सासमा छ ।

अभ्यास र अभ्यास खेलका क्रममा ओपनरहरु कुशल भुर्तेल र आसिफ शेख घाइते भएपछि नेपाल टिम अप्ठेरोमा परेको थियो । कुशलको ह्याम्स्ट्रिङ र आसिफलाई घुँडामा चोट लागेको थियो ।

दुवै खेलाडी श्रृङ्खला सुरु हुने समयसम्म फिट हुने सम्भावना कम रहेकाले बन्द प्रशिक्षणका क्रममा राम्रो प्रदर्शन गरेका विकेटकिपर÷ओपनर सुवासलाई टिममा समावेश गर्ने निर्णय गरिएको क्यानले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

अर्को वर्ष भारतमा हुने आईसीसी एकदिवशीय विश्वकप छनोटको सुरुवाती खुट्किलोका रुपमा रहेको लिग टू अन्तर्गत त्रिकोणात्मक श्रृङ्खला जेठ २६ गतेदेखि सुरु हुँदैछ । नेपालले अमेरिका र ओमानसँग २÷२ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?