+
+

फ्रेन्च ओपन फाइनलः गुरु र चेलाको भिडण्त

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २२ गते १७:३६

२२ जेठ, काठमाडौं । कीर्तिमान विस्तार गर्ने अभियानमा रहेका रफायल नाडालले वर्षको दोस्रो ग्राण्डस्लाम प्रतियोगिता फ्रेन्च ओपन टेनिसको उपाधिका लागि आफ्नै विद्यार्थी क्यास्पर रुडसँग प्रतिस्पर्धा गर्दैछन् ।

शुक्रबार ३६ वर्ष लागेका स्पेनिस सुपरस्टारले पेरिसको प्ले कोर्टमा १११ औं जित हासिल गर्दै रोलान्ड ग्यारोसमा १४औंपल्ट फाइनलमा प्रवेश गरे ।

शुक्रबार ३६ वर्ष लागेका स्पेनिस सुपरस्टारले पेरिसको क्ले कोर्टमा १११औं जितसहित रोलान्ड ग्यारोसमा १४औंपल्ट फाइनलमा स्थान सुरक्षित गरे ।

आठौं वरीयताप्राप्त २३ वर्षीय नर्वेजियन रुडले स्पेनको मालोर्कास्थित कीर्तिमानी २१ पल्टका ग्राण्डस्लाम च्याम्पियन नाडालको एकेडेमीमा सन् २०१८ देखि प्रशिक्षण गरिरहेका छन् ।

‘उहाँ आफ्नो एकेडेमीका एक छात्रसँग खेल्दै हुनुहुन्छ । त्यसैले यो खेल शानदार हुनेवाला छ । यो मेरो सपनाको क्षण पनि हो,’ करिअरमा मात्र होइन नर्वेबाट एकलर्फत ऐतिहासिक फाइनल खेल्दै गरेका रुडले भनेका छन्, ‘नाडाल विश्वकै सबैभन्दा उत्कृष्ट खेलाडी हुन् । मैले उहाँसम्म अहिलेसम्म खेलेको छैन । मेरो विचारमा यो सही समय हो । उहाँसँग ग्राण्डस्लामको फाइनलमा खेल्न पाउँदा मेरा लागि विषेश क्षण हुनेछ ।’

पाँचौं वरीयताप्राप्त नाडाल शुक्रबार आयोजित सेमिफाइनलमा ७–६ (१०–८) र ६–६ को सेटमा प्रतिस्पर्धा हुँदा अलेक्जेण्डर ज्वेरेभ चोटका कारण खेल्न नसकेपछि फाइनलमा प्रवेश पाएका थिए । यो नतिजापछि फ्रेन्च ओपनको पुरुष एकलतर्फ फाइनलमा पुग्ने उनी दोस्रो पाका खेलाडी बनेका थिए । सन् १९३० मा अमेरिकी खेलाडी विल टिल्डेनले ३७ वर्षको उमेरमा फाइनल खेलेका थिए ।

पहिलोपल्ट ठूला प्रतियोगिताको फाइनल खेल्न लागेका रुडप्रति आफ्नो ‘निकै सम्मान’ रहेको नाडालले बताएका छन् । जसको साथ नाडालले आफ्नो एकेडेमीका अक्सर खेलेका छन्, यद्यपी प्रतियोगितामा खेल्न बाँकी छ ।

‘क्यास्पर एक व्यवसायिक खेलाडी हुन्,’ नाडालले भने, ‘टेनिसका लागि उसको एटिच्युड उत्कृष्ट छ । उनी अनुभवी देखिन्छन्, विनम्र छन् । सिक्नका लागि हमेसा सकारात्मक रहन्छन् ।’

‘मेरो विचारमा एकेडेमीमा यसबीचमा हामीले उनलाई थोरै सहयोग गर्न सक्षण रह्यौं । तर, त्योभन्दा धेरै म राम्रा मानिसहरुले आफ्नो सपना पूरा गरेको देख्न मन पराउँछु,’ नाडालले थपे, ‘म उनका लागि खुसी छु, उनका मातापिताप्रति खुसी छु, जसलाई म राम्रोसँग जान्दछु । मेरो लागि यो कुनै आश्चर्यको कुरा होइन । उनले पछिल्लो केहि वर्षदेखि धेरै सुधार गरेका छन् ।’

आइतबार जित हासिल गरेमा नाडालका लागि अर्को कोशेढुंगा हुनेछ । समकालीन महान खेलाडी रोजर फेडेरर र नोभाक जोकोभिचको तुलनामा ग्राण्डस्लाम उपाधिको संख्या नाडालले विस्तार गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?