+
+

बजेटले निराशा छाउने गरी सपना बाँड्यो : महासचिव पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २२ गते १९:२५

२२ जेठ, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रहार गर्ने गरी अघि बढिरहेको आरोप लगाएका छन् ।

आइतबार आगामी आर्थिक वर्षको बजेटमाथिको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले बजेटमा जनतामा चरम निराशा छाउने गरी सपना बाँडिएको र त्यसले मूलधारका राजनीतिक पार्टीहरुप्रति जनताको असन्तुष्टि झनै बढेर जाने खतरा रहेको तर्क गरे ।

महासचिव पोखरेलले राजस्व वृद्धि हुने वस्तुहरुको अति धेरै आयातका कारण आगामी वर्ष राजस्व वृद्धि हुने कुनै आधार नभएको र आर्थिक वृद्धिदरको सरकारी लक्ष्य पनि हावादारी रहेको दाबी गरे ।

उनले लगानी बढाउने अवस्था नभएकाले आर्थिक वृद्धिदर हुने कुनै आधार नरहेको पनि पटक-पटक दोहोर्‍याए । उनले भने, ‘बजेटमा सपना मात्रै बाँडिएको छ । त्यसले जनतामा चरम निराशा पैदा हुन्छ । निराशाको परिणाम के हुन्छ भन्ने कुरा चाहिँ सहरी क्षेत्रका मतदाताले मूलधारका राजनीतिक पार्टीप्रति देखाएको असन्तुष्टिले प्रकट गरिसकेको छ भन्ने मलाई लाग्दछ । यो राजनीतिक प्रणालीमाथि प्रहार गर्ने बाटोतर्फ गठबन्धन सरकार अगाडि बढेको छ ।’

महासचिव पोखरेलले बैंकहरुले लगानी गर्ने अवस्था नभएका बेला आगामी आर्थिक वर्ष उत्पादन वृद्धि गर्ने सरकारको सोच वस्तुपरक नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?