+
+

‘पुष्पा’का कलाकार सुनिल बर्मा नेपाली फिल्म ‘ह्रस्वदीर्घ’मा ‘भिलेन’ बन्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २३ गते ११:१९

काठमाडौं । नीता फिल्म्सको नयाँ फिल्म ‘ह्रस्वदीर्घ’मा दक्षिण भारतीय अभिनेता सुनिल बर्मा अनुबन्धित भएका छन् । नेपाली बक्स अफिसमा समेत ब्लकबस्टर बनेको फिल्म ‘पुष्पा’ फेम्ड अभिनेता बर्माले नेपाली फिल्ममा डेब्यु लागेका हुन् ।

अभिनेता बर्मालाई अनुबन्धित गरिएकोबारे निर्मात्री एवं अभिनेत्री नीता ढुंगानाले अनलाइनखबरसँग भनिन्, ‘उहाँले सजिलै प्रस्ताव स्वीकार्नुभयो । उहाँ भिलेन चरित्रमा देखिनुहुनेछ ।’

तेलुगू स्टार बर्माले करिअरमा १७७ फिल्ममा अभिनय गरेका छन् । मर्यादा रमन्ना, पुल रंगाडु, तड्का उनका व्यावसायिक रुपमा सफल फिल्म हुन् । ‘ह्रस्वदीर्घ’मा बर्माले नेपाली भाषामा स्वरांकन गर्नुपर्ने छ । उनलाई नेपाली भाषामा पोख्त बनाउन प्रयत्न गर्ने जानकारी नीताले दिइन् ।

८ करोड रुपैयाँ बजेट बताइएको फिल्ममा बलिउड अभिनेता प्रकाश प्रदीप रावत पनि कास्टको रुपमा छन् । नीता र अभिनेता हरिहर अधिकारीसहित सलोन बस्नेत, सरोज खनाल पनि मुख्य भूमिकामा हुनेछन् । थप तीनजना कलाकारलाई अनुबन्ध गर्न बाँकी छ ।

आगामी दशैंलगत्तै छायांकनमा जाने तयारीमा रहेको फिल्मले तन्नेरी युवायुवतीको प्रेमकथा पेश गर्छ । मूलतः नेपाली भाषामा बन्ने ‘ह्रस्वदीर्घ’ हिन्दी भर्सनमा पनि हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?