+
+

काठमाडौं मेट्रो चेसको उपाधि पुरुषोत्तमले जिते

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २३ गते ११:५३

२३ जेठ, काठमाडौं । नेपाल खेलकुद महासंघ (नेकोस) र साउथ वेस्टर्न स्टेट कलेजको संयुक्त आयोजनामा सम्पन्न भएको नेकोस काठमाडौं मेट्रो फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि काठमाडौंका पुरुषोत्तम सिलवालले जितेका छन् ।

दुई दिने प्रतियोगितामा शतप्रतिशत नतिजा हासिल गर्न सफल भएका सिलवालले ७ खेलबाट ७ अक बनाउँदै ७ हजार रुपैयाँ नगद पुरस्कार पाए । प्रतियोगितामा ७१ जना खेलाडीको सहभागिता थियो ।

काठमाडौंका कुशल बेलबासे र तिलिङ्टार माविका पूर्णिमा गुरुङ समान ६ अंकका साथ दोश्रो तथा तेश्रो स्थान हासिल गर्दै क्रमशः ५ हजार तथा ४ हजार नगद पुरस्कार पाए ।

बर्दियाका निशान्त श्रेष्ठले ५ दशमलब ५ अंकका साथ चौथो स्थानमा रहँदै ३ हजार नगद पुरस्कार पाए भने ७ खेलबाट ५ अंक बनाएका कपिल घिमिरे पाँचौं हुँदै २ हजार रुपैयाँ पाउन सफल रहे ।

काठमाडौंकी मार्शल तामाङ ७ खेलबाट ५ अंक बनाउँदै महिलातर्फ उत्कृष्ट घोषित भइन । झापाकी पुनम प्रसाईं ४ अंकका साथ दोश्रो, युनिशा सुवेदी तेश्रो, सिवानी रिजाल चौथो तथा सबनम रिजाल पाँचौं स्थानमा रहन सफल भए ।

५ अंक बनाएका अभिक शाह तथा अविन पाण्डे १४ वर्षसम्मको उमेर समुहमा क्रमशः पहिलो तथा दोश्रो स्थानमा रहन सफल भए । त्यस्तै समान ४ दशमलब ५ अंक जोडेका आश्चर्य चौधरी तथा सागर सुप्रभ श्रेष्ठ तेश्रो तथा चौथो स्थानमा रहे भने आलोक चौधरी ४ अंकका साथ पाँचौं भए ।

१० वर्ष सम्मको उमेर समूहमा लक्ष्य मोर ४ अंकका साथ पहिलो हुन सफल भए । त्यस्तै अग्रिम तामाङ, असिम महर्जन, ग्रिस्मन अधिकारी तथा तयाहाङ राई क्रमशः दोश्रो, तेश्रो, चौथो तथा पाँचौं भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?