+
+

३५ लाख लुटेको आरोपमा प्रहरी नै पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २३ गते १५:२२

२३ जेठ, काठमाडौं । लैनचौरमा प्रहरीले नै मिलेर व्यवसायीको ३५ लाख रुपैयाँ लुटपाट गरेको भेटिएको छ ।

घटनामा संलग्न भएको आरोपमा प्रहरी वृत्त मालिगाउँका हवल्दार सालिकराम नेपाली पक्राउ परेका छन्, थप दुईजना प्रहरी अधिकारी फरार छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार लुटपाटमा संलग्नता देखिएपछि नेपाली र नुवाकोटका पेम्बा तामाङ पक्राउ परेका छन् । उनीहरुलाई प्रहरी वृत्त, सोह्रखुट्टेको हिरासतमा राखिएको छ ।

गत ८ जेठमा सस्तोमा एक किलो सुन विक्री गर्ने भन्दै एक समूहले ती व्यवसायीलाई बोलाएको थियो । तर पैसा लिएर गएका उनी अज्ञात समूहबाट लुटपाटमा परेका थिए । अनुसन्धानका क्रममा लुटपाट गर्ने समूहमा प्रहरीको समेत संलग्नता भेटिएको थियो ।

पक्राउ परेका दुवै जनाविरुद्ध मुलुकी अपराध (संहिता) को डाँका चोरी सम्बन्धी कसूरमा अदालतबाट ५ दिन म्याद लिएर अनुसन्धान भइरहेको एसपी मैनालीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?