+
+

आइतबार सार्वजनिक बिदा खारेज

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २३ गते १८:५०
मन्त्रिपरिषद बैठकको फाइल तस्वीर ।

२३ जेठ, काठमाडौं । सरकारले आइतबार पनि दिँदै आएको साप्ताहिक विदा हटाएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि आइतबार साप्ताहिक विदा नदिने निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।

अब असार १ देखि शनिबार मात्र सार्वजनिक विदा हुने भएको छ ।

गत वैशाख २६ गते बसेको मन्त्रिरिषद बैठकले पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै परीक्षणका रुपमा जेठ १ देखि  शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिँदै आएको थियो ।

तर सेवा प्रवाहमा समस्या देखिएको भन्दै सरकारको उक्त निर्णयको आलोचना भइरहेको थियो ।

सुरुमा तीन महिनाका लागि परीक्षणका रुपमा आइतबार सार्वजनिक बिदा दिने निर्णय भए पनि सरकारी निर्णय एक महिना पनि टिक्न सकेन ।

सार्वजनिक सेवा प्रवाहमा आइतबारे बिदाले समस्या निम्त्याएको र अपेक्षा गरेअनुसार पेट्रोलियम पदार्थको खपतमा कमी ल्याउन नसकेको देखिएपछि बिदा फिर्ता लिइएको हो ।

आइतबारे सार्वजनिक बिदा खारेज भएसँगै कार्यालय समय पनि साविककै बिहान १० देखि साँझ ५ बजेसम्म कायम हुने छ । आइतबार बिदा दिने प्रयोजनका लागि बिहान साढे ९ बजेदेखि बेलुकी साढे ५ बजेसम्म कार्यालय समय तय गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?