+
+

सिसडोल क्षेत्रमा फोहोरको दुर्गन्ध हटाउने उपाय खोज्न सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २४ गते २१:५७

काठमाडौं । काठमाडौंको फोहोर बिसर्जनस्थल नुवाकोटको सिसडोलबाट दुर्गन्ध हटाउने उपाय र फोहोरले वातावरणमा परेको असरबारे अध्ययन गर्न विज्ञहरुको टोलीले अध्ययन थालेको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्रविधि संकाय प्रमुख वैज्ञानिक डा. रवीन्द्र ढकाल नेतृत्वको टोली सिसडोल पुगेर पानी र लिचेड को नमूना संकलन गरेको हो ।

सिसडोलबाट निस्किएको लिचेड, पानीको स्रोत र ग्याँसको परीक्षणका लागि नमूना संकलन गर्नुका साथै फोहोरको दुर्गन्ध हटाउने उपायबारे अध्ययन गर्ने योजना छ ।

यसअघि जेठ २० गते मेयर बालेन साह र उपमेयर सुनिता डंगोलले सिसडोल क्षेत्रको भ्रमण गरी एक हप्ताभित्र दुर्गन्ध हटाउने प्रतिबद्धता जनाएका थिए । दुर्गन्ध हटाउन जैविक तत्व प्रयोग गर्ने तयारी छ ।

दुर्गन्ध हटाउने जैविक तत्व कति मात्रा प्रयोग गर्ने, कसरी प्रयोग गर्ने भन्नेबारे अध्ययन गर्ने तयारी छ ।

सिसडोलमा महानगरपालिकाले ‘पोस्ट क्लोजर’को तयारी अघि बढाएको छ । फोहोर फाल्ने ठाउँ नरहेपछि अब बञ्चरेडाँडामा फोहोर फाल्न थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?