+
+

जलेकी महिलाको उपचारमा आर्थिक समस्या

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २५ गते १५:३६

२५ जेठ, काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिका–१० कि लोकसरी कुँवर पाटन अस्पताल बर्न वार्डको ५ नम्बर बेडमा छटपटाइरहेकी छिन् । खाना पकाउँदै गर्दा चुलोमा लडेकी उनको शरीरको ३८ प्रतिशत भाग जलेको छ ।

२३ वर्षकी उनको ५ महिनाका छोरा युकेश भने आमाको काख र दूध खान नपाएर रोइरहेका छन् । जलेर गम्भीर अवस्थामा रहेकी आमासँग छोरालाई राख्न नमिल्ने भएकाले अलग अलग बेडमा राखिएको छ ।

चिकित्सकले उच्च निगरानीमा राखेर लोकसरीको उपचार गरिरहेका छन् । लोकसरीका श्रीमान एकेन्द्रले श्रीमती र छोराको हेरचाह गरिरहेका छन् । आमाको दूध खान नपाएका छोरा युकेश ल्याक्टोजिनले पेट भरिरहेका छन् ।

छारे रोगबाट पीडित लोकसरी चुलोमा चुलोमा खसेका परिवारका सदस्यले धेरै ढिलो थाहा पाउँदा उनको शरीरको धेरै भाग जलिसकेको थियो । सुरुमा अछामको बयलपाटा अस्पतालमा भर्ना गरिएकी लोकसरीलाई अस्पतालले उपचार सम्भव नभएको भन्दै काठमाडौ रिफर गरेको थियो ।

धनगढी विमानस्थलबाट बुद्ध एयरको विमानले ल्याउन नमानेपछि लोकसरीलाई एम्बुलेन्सबाटै काठमाडौं ल्याइएको थियो ।

सुरुमा धनगढीसम्म एम्बुलेन्समा र धनगढीबाट काठमाडौंसम्म पनि एम्बुलेन्समा ल्याउँदा नै ऋण गरेर आएको परिवारसँग लोकसरीको उपचारका लागि रकम अभाव भएको छ ।

१२ जेठमा पाटन अस्पताल भर्ना गरिएकी उनको विभिन्न दाताको सहयोगमा अहिलेसम्म उपचार भइरहेको छ । तर उपचारमा कति समय र खर्च लाग्ने हो भन्ने यकिन छैन । त्यसैले एकेन्द्र बाँकी उपचार कसरी गर्ने हो भन्ने चिन्तामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?