+
+

१६ सय संगीतकर्मीले बुझे १ करोड १ लाख रोयल्टी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २६ गते १२:४३

काठमाडौं । आफ्नो सिर्जनाको प्रयोगबापत  १ हजार ६७१ जना संगीतकर्मीले रोयल्टी बुझेका छन् । संगीत रोयल्टी संकलन समाजको १६ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा पर्यटनमन्त्री प्रेम आलेले उनीहरुलाई एक करोड १ लाख ७२ हजार रुपैयाँ रोयल्टी प्रदान गरे ।

अग्रज संगीतकर्मी दिनेश थपलिया, श्रीपुरुष ढकाल, यादव खरेल, भोजराज घिमिरे, चन्द्र घिमिरे, एसपी कोइराला, दिनेश अधिकारी, विसुकुमार केसी, रुपनारायण भट्टराई, भरत सुवेदी, महेश खड्का र लक्ष्मण शेषले रोयल्टी बुझे ।

यातायात, एफएम रेडियो, टेलिभिजन, होटल रेस्टुरेन्ट, सभाहल, मेला महोत्सव, कन्सर्ट र रियालिटी शोबाट उक्त रोयल्टी संकलन भएको थियो । सर्जकले ५ हजारदेखि २ लाख रुपैयाँसम्म रोयल्टी बुझेका छन् ।

रोयल्टी वितरण कार्यक्रममा बोल्दै मन्त्री आलेले संगीतकर्मीलाई सघाउन आफू तयार रहेको बताए । प्रतिलिपि अधिकार नेपाली कला क्षेत्रमा मुख्य चुनौती बनेको भन्दै उनले यसको संरक्षणमा सरकार गम्भीर रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?