+
+

कंगोमो हिरा खानी भत्किँदा ४० भन्दा बढीको मृत्यु

रासस रासस
२०७९ जेठ २६ गते १९:१६

२६ जेठ, काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको मध्य क्षेत्रमा मङ्गलबार हीरा खानीमा पहिरो जाँदा पुरिएर ४० भन्दा बढी मानिसहरूको मृत्यु भएको स्थानीय अधिकारीहरूले बिहीबार पुष्टि गरेका छन् ।

कासई प्रान्तीय सरकारका आन्तरिक मन्त्री आलेन शिसुङ्गु नतुम्बाले साम्बा शहरमा भएको घटनाको हताहतबारे सञ्चारलाई जानकारी गराएका छन् । उनले मृतकहरूलाई खानीभित्रबाट निकाल्ने क्रम जारी रहेको बताए ।

पीडितहरु सबै हिरा खानीमा काम गर्ने श्रमिक रहेको ती अधिकारीले बताए । पहिरोले करिब ४० वटा खाडललाई पुरेको बताइएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?