+
+

आफूले भनेको योजनामा बजेट नदिए मन्त्रालयमै अनशन बस्‍ने सांसद यादवको चेतावनी

मधेस प्रदेशका जनता करदाता, मतदाता र अन्नदाता मात्रै हुन् ?

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २७ गते १२:५८

२७ गते, वीरगञ्ज । जनता समाजवादी पार्टीका सांसद रामबाबु यादवले आफूले दिएको र मधेस प्रदेशका अन्य योजनामा बजेट नदिए संघीय मामिला मन्त्रालयमै अनशन बस्ने चेतावनी दिएका छन् ।

बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठको टेबुल ठोकाठोक गरेका उनले शुक्रबार अनलाइनखबरसँग कुरा गर्दै मधेस प्रदेशका अन्य योजनामा बजेट नदिए मन्त्रालयमै अनशन बस्ने चेतावनी दिएका हुन् ।

‘यो विभेद तथा प्रवृत्तिविरुद्ध मैंले विरोधको विगुल फुकेको हो । आफ्नो क्षेत्र तथा बाराको जनताको लागि मन्त्रीसँग मात्रै नभएर राज्यको जुनसुकै शक्तिसँत लड्न तथा संघर्ष गर्न तयार छु ।’ उनले भने ‘सिंहदरबार देख्न नपाएका जनताको लागि असार ३ गतेसम्मको अल्टिमेटम दिसकेको छु । यस्तो प्रवृत्ति सच्चिएन भने मन्त्रालयमै अनशन बस्छु ।’

यस्तै उनले मधेश प्रदेशको जनता करदाता, मतदाता र अन्नदाता मात्रै हुन ? त भनी प्रश्नसमेत गरेका छन् । संघीय मामिला मन्त्रालयले प्रदेश १ मा १ हजार २ सय सिंचाई, कृषि सडक, र झुलुङ्गे पुलको योजना दिएको तर मधेस प्रदेशमा नदिएको गुनासो उनको छ ।

‘मैले आफ्नो क्षेत्र तथा बारा जिल्लाको जनतालाई आवश्यक विकासका योजना ३ पटक गरि २० वटा योजना (झोलुङ्गे पुल, कृषि सडक, साना पुल, र सिँचाई सम्बन्धी योजना) लेटरप्याड लेखेर दिएँ ।’ उनले भने ‘बारा जिल्लाको लागि एउटा पनि योजना किन नपरेको ? बारा जिल्लाको जनता तपाईलाई भोट मात्रै दिएर मन्त्री बनाईराख्ने ? बाराको जनता मतदाता र देशलाई अन्नबाली उब्जाएर दिने अन्नदाता मात्रै हो ?’

उनले मन्त्रालय किन पूर्वाग्रही भएको भनेर प्रश्न गर्दा मन्त्रीले जवाफ दिनुको साटो ढाँट्न तथा उठेर भाग्न खोजेको आरोप लगाए । उनले भने, ‘ मन्त्रीले जनताको कुरा सुन्नुपर्छ भनेर जनताको आक्रोश पोख्दा चर्का चर्की भएको हो । ‘

८ जिल्ला भएको मधेश प्रदेशमा ४० वटा मात्रै योजना अनि एउटा मन्त्रीको क्षेत्रमा १२८ वटा योजना राखिएको उनको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?