+
+

नेपाली राष्ट्रिय क्रिकेट टिमले अस्ट्रेलिया भ्रमण गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २७ गते १४:५४

२७ जेठ, काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टिमलाई अस्ट्रेलिया लगेर प्रतिस्पर्धात्मक क्रिकेट खेल आयोजनाका लागि नेपाल क्रिकेट संघ र रोयल हेरिटेज अस्ट्रेलियाबीच सम्झौता भएको छ ।

नेपाल क्रिकेट संघका महाप्रबन्धक वृतान्त खनाल र रोयल हेरिटेजका स्वतन्त्र प्रताप शाहले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई उनीहरुको कार्यव्यवस्थता र अन्तर्राष्ट्रिय क्यालेण्डरमा असर नपर्ने गरी वर्षको कम्तिमा तीन वर्षसम्म वर्षको कम्तिमा १० दिन अस्ट्रेलिया भ्रमण गर्ने सम्झौतामा उल्लेख छ । त्यहाँ स्थानीय टिमका साथै स्टेट टिम र अस्ट्र्ेलियाको ए टिमसँग प्रतिस्पर्धा गर्ने वातावरण मिलाउने प्रतिवद्धता रोयल हेरिटेजले गरेको क्यानका महाप्रवन्धक खनालले अनलाइनखबरलाई बताए ।

‘पहिलो वर्षका रुपमा हामीले सन् २०२२ भित्रै टिम पठाउनेछौं । पहिलो वर्षको मूल्यांकनका आधारमा बाँकी दुई वर्षका लागि निर्णय गर्नेछौं । त्यहाँ हाम्रो टिमको स्तरअनुसार प्रतिस्पर्धात्मक टिम भएन भने भ्रमणको अर्थ पनि रहँदैन,’ महाप्रवन्धक खनालले भने ।

रोयल हेरिटेजका स्वतन्त्र प्रताप शाहले क्रिकेट संकृतिको हिसावमा संसारमै अग्रणी अस्ट्रेलियाको टिम र नेपाली टिमबीच प्रतिस्पर्धा गराएर सदभाव र भाइचारा बढाउनु कार्यक्रमको उद्देश्य रहेको बताए ।

‘नेपाली राष्ट्रिय क्रिकेट टीम र अष्ट्रेलियाका नेपाली लगायतका क्रिकेट क्ल्बहरूबीच हरेक बर्ष अष्ट्रेलियाका बिभिन्न शहरहरूमा मैत्रीपूर्ण क्रिकेट खेलको आयोजना हुनेछ,’ उनले भने, ‘अष्ट्रेलियामा रहेका नेपाली क्रिकेट टिम मध्येबाट एक टिम बनाइने छ भने अष्ट्रेलियाको नाम चलेको क्ल्ब र टिमहरुको पनि यो मैत्रीपूर्ण खेलमा सहभागिता रहने छ ।’ उनले कुन टिमले खेल्ने भन्ने चाहीँ प्रष्ट पारेका छैनन् । त्यसो त नेपाली टिम जाने मिति र शहरको पनि टुंगो लागेको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?