+
+

जिसस सुर्खेतमा एमाले-माओवादीको गठबन्धन विजयी

जिल्ला समन्वय समिति सुर्खेतमा नेकपा एमाले र माओवादीको गठबन्धन विजयी भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २७ गते १५:२६

२७ जेठ, सुर्खेत। जिल्ला समन्वय समिति सुर्खेतमा नेकपा एमाले र माओवादीको गठबन्धन विजयी भएको छ । शुक्रवार भएको निर्वाचनमा प्रमुखमा नेकपा एमालेका गंगाराम सुनार र उपप्रमुखमा माओवादी केन्द्रका सचिनकुमार बडुवाल निर्वाचित भएका छन् ।

गठबन्धनका उम्मेदवारले १० मत पाउँदा कांग्रेसका उम्मेदवारले ८ मत पाएका छन् । मुख्य निर्वाचन अधिकृत डा. राजेन्द्रकुमार आचार्यका अनुसार उनीहरुले एमालेका ९ र माओवादीको एक मतसहित १० मत प्राप्त गरेका छन् ।

समन्वय प्रमुख बनेका सुनार स्थानीय तह निर्वाचन २०७९ मा कांग्रेसका उम्मेवारसँग वडाध्यक्षमा पराजित भएका थिए । उनलाई दलित तथा अल्पसंख्यक कोटाबाट कार्यपालिका सदस्य मनोनित गरिएको थियो ।

सुनार २०७४ को निर्वाचनमा वडा नम्बर १ को अध्यक्ष निर्वाचित भएका थिए । समन्वय समितिको महिला सदस्यमा चन्द्रा धामी, शान्ति ताराम र मीना मल्ल निर्वाचित भएका छन् भने अन्य सदस्यमा तुलबहादुर नेपाली, डिल्ली पाण्डे र पृथ्वीबहादुर बुढा निर्वाचित भएका छन् । अल्पसंख्यक सदस्यमा सावित्रा टमटे निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसले भने पाँच पदमा मात्रै उम्मेदवारी दिएको थियो । प्रमुखमा दिलीपकुमार वाग्ले र महिला सदस्यहरुमा गौरी दमाई, रत्ना कँडेल, अन्यमा लीलाजंग शाह र अल्पसंख्यकमा उजिरसिंह कामीको उम्मेदवारी दर्ता गरेको थियो । कांग्रेसका उम्मेदवारहरुले आठ मत पाएका छन् ।

स्थानिय तहको चुनावमा आफु अनुकुल माओवादीसँग गठबन्धन गरेको काँग्रेसले माओवादीलाई भोट नदिएको माओवादीको निशकर्ष छ । जस्ले गर्दा एमालेसंग तालमेल गर्नु परेको माओवादी नेताहरु बताउँछन् ।

२०७४ सालको निर्वाचनमा जिल्ला समन्वय समिति सुर्खेतमा कांग्रेसले एकलौटी नेतृत्व गरेको थियो । यसपटक एमालेले नेतृत्व पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?