+
+

एनएसजेएफ फुटसल फेस्टिभलः टिम क्यानडालाई उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २७ गते १६:४८

२७ जेठ, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ) ले अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा आयोजना गरेको एनएसजेएफ फुटसल फेस्टिभलको उपाधि टिम क्यानडाले जितेको छ ।

च्यासलस्थित नेसनल स्पोर्ट्स सेन्टरमा शुक्रबार भएको प्रतियोगिताको फाइनलमा टिम अमेरिकालाई पेनाल्टीमा सुटआउटमा २-१ ले हराउँदै टिम क्यानडा च्याम्पियन बनेको हो ।निर्धारित र थप गरिएको समय ३-३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो ।

पेनाल्टीमा टिम क्यानडाका अभिनव जोशी र बासु अवालले गोल गरे । मुना कार्कीले पेनाल्टीमा गोल गर्न सकिनन् । टिम अमेरिकाका निशान राईले गोल गर्दा दिल तामाङ र गीता राईले गोल गर्न सकेनन् ।

पेनाल्टी अघि टिम क्यानडाका अभिनव जोशीले दुई र बासु अवालले एक गोल गरे । यस्तै टिम अमेरिकाका दिल तामाङले दुई गोल गर्दा सुजन श्रेष्ठले एक गोल गरे ।

चार टोली सहभागी प्रतियोगितामा टिम अमेरिका सबै तीन खेल जित्दै शीर्ष स्थानमा रहेर फाइनल पुगेको थियो । टिम क्यानडा भने तीन खेलमा दुई जितसहित उपविजेता बन्दै फाइनल पुगेको थियो ।

प्रतियोगितामा पुरुषतर्फ टिम क्यानडाका अभिनव जोशी र महिलातर्फ गीता राई उत्कृष्ट खेलाडी चुनिए । उत्कृष्ट गोलकिपर टिम अमेरिकाका सन्जय थापा, इमर्जिङ प्लेयर टिम मलेसियाका आशिष पुडासैनी, उत्कृष्ट म्यानेजर टिम क्यानाडाका दिपेश तिमल्सिना, गोल अफ द मोमेन्ट अवार्ड टिम अमेरिकाका निरन्जन राजवंशी, मोमेन्ट अफ द डे अवार्ड टिम क्यानडाका भरत बोम्जन, अट्रायक्टिभ प्लेयर अवार्ड टिम अमेरिकाका निशान राई र फ्यान अफ द डे अवार्ड पूजा शाक्य र सुमन सिवाकोटीले प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?