+
+

आईटीएफ एसिया यू–१२ टिम टेनिस छनोट सोमबारदेखि

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २९ गते १७:३०

२९ जेठ, काठमाडौं । नेपाल टेनिस संघको आयोजनामा आईटीएफ एसिया यू–१२ टिम टेनिस प्रतियोगिता, रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया सोमबारदेखि हुने भएको छ ।

प्रतियोगितामा दक्षिण एसियाका सातै राष्ट्रको सहभागिता रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका महासचिव मनोहरदास मुलले जानकारी गराए ।

नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका र माल्दिभ्सबाट समान ३–३ ब्वाइज÷गल्र्सले प्रतिस्पर्धा गर्ने छन् । पाकिस्तानबाट भने ३ ब्वाइजले मात्र खेल्नेछन् ।

टिम टेनिसमा २ सिंगल्स र १ डबल्स खेल हुनेछ । नेपालबाट ब्वाइजमा वृजेश अर्याल, आद्रित नेपाल र असभसम्राट हाडा तथा गल्र्समा शिभाली गुरुङ, प्राज्ना मानन्धर र कर्मिस्ठा नुगाह श्रेष्ठले प्रतिस्पर्धा गर्ने छन् । छनोट प्रतियोगिताबाट खेलाडी छनोट गरिएको टेनिस संघले जनाएको छ ।

नेपालले तेश्रो पटक प्रतियोगिता आयोजना गर्न लागेको प्रतियोगिता निर्देशक अजय विष्टले जानकारी दिए । ब्वाइज÷गल्र्समा पहिलो र दोश्रो हुने राष्ट्रले काजाकिस्तानमा हुने फाइनल प्रतियोगितामा सहभागिताको अवसर पाउने छन् । पाँचदिने प्रतियोगिता सञ्चालन गर्न अनुमानित ८ लाख ८९ हजार ३ सय रुपैयाँ खर्च लाग्ने बताइएको छ ।

प्रतियोगिताका लागि आईटीएफ रेफ्री प्रवीणकुमार नायक र आईटीएफ प्रतिनिधि जोनाथन स्तब्स नेपाल आइसकेका छन् । स्तब्सले दक्षिण एसियाका सातै राष्ट्र प्रतियोगितामा सहभागी हुनु खुशीको कुरा भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?