+
+

किसानलाई पेन्सन यसैपालिबाट : कृषि मन्त्री यादव

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३१ गते १३:०२

३१ जेठ, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले यसैपालिबाट किसान पेन्सन सुरु गर्ने प्रयास हुने बताएका छन् ।

सांसदहरुले प्रतिनिधिसभामा उठाएका प्रश्नहरुको जवाफ दिँदै उनले भने, ‘किसानले जति पनि उत्पादन हुन्छ त्यसको केही पेन्सनका लागि राख्नुपर्ने हुन्छ । सरकारले १० प्रतिशत राख्छ ।’

किसान पेन्सनका लागि सरकारले कार्यविधि बनाउने उनले बताए । सबै किसानको परिचय पत्र बनाउने, त्यसपछि कस्ता किसानलाई पेन्सन दिने भनेर वर्गीकरण गरेर पेन्सन दिन सुरुवात गरिने उनले बताए । ‘यसैपालिबाट किसानलाई पेन्सन दिने कुरा बजेटमा गरिएको छ । हामी चाहन्छौं यसैपालिबाट किसान पेन्सन दिनुपर्छ यसका लागि कार्यविधि बनाउनुपर्ने, छलफल गर्नुपर्ने छ ।’

आर्थिक वर्ष २०७९/८० को बजेटमा अर्थमन्त्री जनार्दन शर्माले किसानलाई पेन्सन दिने कार्यक्रम ल्याएका थिए । यो कार्यक्रम अनुसार हरेक महिना किसानले जम्मा गर्ने रकमको १० प्रतिशत सरकारले जम्मा गरिदिनेछ । कोष स्थापना गर्न विउ पूँजीका रुपमा १ अर्ब छुट्याइएको छ । किसान परिचयपत्रका आधारमा सार्वजनिक सेवामा छुट दिइने समेत बजेट वक्तव्यमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?