+
+

सबै विद्यार्थीलाई सहुलियतको विद्युतीय चुलो वितरण गर्न नेविसंघको माग

नेपाल विद्यार्थी संघले सबै विद्यार्थीका लागि सहुलियतको विद्युतीय चुलो वितरण गर्न माग गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३१ गते १४:२६

३१ जेठ, काठमाडौं । नेपाल विद्यार्थी संघले सबै विद्यार्थीका लागि सहुलियतको विद्युतीय चुलो वितरण गर्न माग गरेको छ ।

सरकारले आदिवासी, दलित, जनजाति विद्यार्थीलाई सहुलियत दरको चुलो वितरण गर्ने निर्णय गरेको थियो । अन्य विद्यार्थीलाई पनि उक्त सेवा प्रदान गर्न संघले माग गरेको छ ।

वैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रका प्रमुखलाई भेटेर मागपत्र बुझाएको संघका अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिए ।

आवश्यकताका सिद्धान्त अनुसार सम्पूर्ण विद्यार्थीहरुलाई सहुलियतमा विद्युतीय चुलो वितरण गर्नका संघले माग गरेको छ ।

जेठ २५ मा सूचना निकालेर सरकारले आदिवासी, दलित र जनजाति विद्यार्थीलाई सहुलियत दरको चुलो उपलब्ध गराउने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?