+
+

पोखरामा पाँचौं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १ गते १६:३६

१ असार, काठमाडौं नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको आयोजनामा पाँचौं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता पोखरामा हुने भएको छ ।

पोखरा रंगशाला भित्र रहेको अन्नपूर्ण स्केटपार्कमा असार ६ र ७ गतेगरि २ दिने प्रतियोगिता हुने छ । प्रतियोगितामा पुरुषतर्फ १०० र महिलातर्फ ३० खेलाडीले सहभागीता जनाउने छन् । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने खेलाडीले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाउने जानकारी आयोजकले दिएको छ ।

प्रतियोगिताका लागि निर्णायकहरु भारत र माल्दिभ्सबाट आउने छन् । यस प्रतियोगिताका विजेताहरुले अगस्ट अन्तिममा हुने थाइल्यान्डमा हुने एसियन प्लेट च्याम्पियनसिपमा सहभागी हुन पाउने स्केटिङ तथा स्केटबोर्डिड बोर्डका अध्यक्ष अचुत खनालले जानकरी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?