+
+

फिल्म ‘कृत काव्या’मा उमासँग रोमान्स गर्दै आकाश, सिक्किममा छायांकन हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १ गते १८:०२

काठमाडौं । दुई पुस्ताको प्रेमकथालाई आधार बनाएर फिल्म ‘कृत काव्या’ निर्माण हुने भएको छ । आकाश अधिकारीको लेखन तथा निर्देशन रहने फिल्मको छायांकन असोजदेखि भारतको सिक्किममा हुने भएको छ ।

फिल्ममा दुई पुस्ताको प्रेमलाई चित्रण गरिने निर्देशक अधिकारीले अनलाइनखबरलाई जानकारी दिए । पहिलो पुस्ताको जोडीको भूमिकामा अभिनय गर्ने कलाकार चाँडै फाइनल गरिने उनले बताए ।

दोस्रो पुस्ताको प्रेमजोडीको रुपमा स्वयं आकाश र उमा गिरीले अभिनय गर्नेछन् । ८० प्रतिशत छायांकन सिक्किम र बाँकी नेपालमा गरिने भएको छ । फिल्म छायांकनबापत सिक्किम सरकारबाट पाउने सुविधा समेत फिल्मले पाउने जनाइएको छ ।

‘वास्तवमा यो फिल्म लकडाउनको बेलाको उपलब्धि हो,’ अधिकारीले भने, ‘त्यो फुर्सदको समयमा फिल्म लेखेको थिएँ ।’ निर्देशक अधिकारीले कृत काव्यालाई चोखो प्रेमको खोजी भएको बताए ।

फिल्मलाई आकाशको प्रोडक्सन ब्यानर स्काई मुभिज र गिरीको निर्माण कम्पनी उमा फिल्म्सले संयुक्त रुपमा निर्माण गर्ने भएका छन् । आकाश र उमाले यसअघि ‘त्यो तिम्रो चोखो प्रेमको नजर’ बोलको म्युजिक भिडियोमा समेत अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?