+
+

बर्जर पेन्ट्सको आयोजनामा मिस नेपाल–२०२२ का प्रतियोगी सहभागी फेशन शो कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १ गते १९:१९

काठमाडौं । बर्जर पेन्ट्स नेपालले हिडन ट्रेजरसँगको सहकार्यमा होटल ¥याडिसनमा फेशन शो कार्यक्रम आयोजना गरेको छ । फेशन शो कार्यक्रममा मिस नेपाल–२०२२ का २४ जना प्रतियोगीहरुको सहभागिता रहेको थियो ।

फेशन डिजाइनर मुकु बुटिकका मुक्तीका श्रेष्ठ, मनिष राई र कासाले डिजाइन गरेका सिल्भर फायर, इन्फेर्नाे, फ्लोरा र अरु धेरै आकर्षक पहिरनमा सजिएर प्रतियोगिताका सुन्दरीहरु प्रस्तुत भएका थिए । बर्जरले पहिरनहरूमा कला र डिजाइनको फ्युजन ल्याएको थियो ।

रचना गुरुङको कोरियोग्राफीमा तीनवटा मनमोहक दृश्यहरू सहितको कार्यक्रममा २४ जना प्रतियोगीहरूलाई ८–८ जना गरी तीन समूहमा विभाजन गरिएको थियो ।

पहिलो चरणमा मुकुको मोर्डन इथेनिक वेयर उत्कृष्ट डिजाइनका लुगाहरू झल्काउने मौका दिइएको थियो । दोस्रो चरणमा कासाबाट डिजाइन गरिएको फर्मल्ली फर्मल डिजाइन र तेस्रो चरणमा मनिष राईको ग्लिट्जी इभनिङ पार्टी वेयर डिजाइनहरू प्रस्तुत गरिएको थियो ।

उक्त कार्यक्रमको शो स्टपर रुपमा मिस नेपाल वर्ल्ड २०१९ अनुष्का श्रेष्ठ पनि सहभागी भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?