+
+

एसपीपीको सत्य-तथ्य सरकारले बाहिर ल्याउनुपर्छ : रमेश लेखक

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २ गते १४:०२

२ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले अमेरिकाबाट प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)बारे छानबिन गर्नुपर्ने र सत्य कुरा सार्वजनिक गर्नुपर्ने बताएका छन् । कसको सरकारको पालामा के–के भयो भन्ने सबै कुरा वर्तमान सरकारले सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ ।

आज रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा नेता लेखकले भने, ‘हिजोमात्रै अमेरिकी दूतावासले सन् २०१५ र २०१७ मा नेपालले आग्रह गरेको र सन् २०१९ मा स्विकृत भएको भन्ने कुरा बाहिर ल्याएको छ ।

नेपाली सेनाले यसमा संलग्न नभएको कुरा स्पष्ट पारेको छ । एसपीपी २०१९ मा यो स्विकार भएको हो भने, त्यो बोलामा पनि सरकार थियो होला, कसको पालामा के भएको हो ?’ उनले थपे, ‘अहिलेको सरकारले छानबिन गर्नुपर्छ । २०१९ मा स्विकार भएको हो भने के-के पत्राचार भएको थियो ? यो कुरा सार्वजनिक गर्नुपर्छ ।’

प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको क्रममा एसपीपीबारे सम्झौता गरिँदैछ भनेर गरिएको चर्चा असत्य रहेको पनि उनले बताए ।

नेता लेखकले संसद्मा बजेट बनाउँदा अवाञ्छित गतिविधि भए भन्ने कुरा उठेको भए पनि प्रमुख प्रतिपक्षी दलले संसद् अवरोध गर्नु र अर्थमन्त्रीलाई संसद्मा जवाफ दिन अवरोध गर्नु गलत भएको टिप्पणी गरे ।

त्यस्तै, पार्टीको महाधिवेशन भएको ६ महिना पुग्न लागेको भन्दै यही असार १० गतेबाट विभिन्न विभाग गठनको थालनी गरिने पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?