+
+

फट्के तर्दा सेती नदीमा खसेर मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २ गते १५:०१
सेती नदीको फट्के ।

२ असार, डोटी । डोटीमा फट्के तर्ने क्रममा सेती नदीमा खसेर एक जना गर्भवती महिलाको मृत्यु भएको छ ।

रोपाईं गर्नका लागि नदी पारी रहेको खेतमा जान खोज्दा आदर्श गाँउपालिका-६ की १८ वर्षीया ढुल्लु अधिकारीको फट्केबाट नदीमा खसेर मृत्यु भएको स्थानीय वीरबहादुर थापाले जानकारी दिए ।

नदीमा खसेकी उनको शव फट्के नजिकै फेला परेको थापाले बताए । स्थानीयबासिन्दाका अनुसार गत मंसिरमा विवाह गरेकी उनी गर्भवति थिइन् । उनका श्रीमान् रोजगारीको लागि भारतमा छन् ।

पोहोर कात्तिकमा सेतीमा आएको बाढीले झोलुङ्गे पुल बगाएपछि स्थानीयबासिन्दाले अस्थायी फट्के हालेर ओहोरदोहोर गरिरहेका छन् । गत हप्ता पनि यहाँबाट खसेर एक जना गम्भीर घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?