+
+

प्रधानमन्त्रीको अमेरिका भ्रमण निश्चित भइसकेको छैन : गृहमन्त्री खाँण

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २ गते १५:०६

२ असार, काठमाडौं । सरकारले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण निश्चित नभइसकेको बताएको छ । रक्षा मन्त्रालयको बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री बालकृष्ण खाँणले भने, ‘प्रधानमन्त्रीको अमेरिका भ्रमण अहिलेसम्म सुनिश्चित भएको छैन ।’

विभिन्न देशको निम्तोमा सरकारका पदाधिकारीहरु भ्रमणमा जानु स्वभाविक भएको उनले बताए । उनले भने, ‘भ्रमणको कार्यतालिका बनेपछि सदनलाई जानकारी हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?