+
+

विनियोजन विधेयक पारित, २३ वटा खर्च कटौतीको प्रस्ताव अस्वीकृत

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २ गते १६:४४

२ असार, काठमाडौं । विनियोजन विधेयक २०७९ बहुमतले पारित भएको छ ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको विनियोजन विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो ।

त्यस्तै सांसदहरुले राखेको २३ वटा खर्च कटौतीको प्रस्ताव संसदले अस्वीकृत गरेपछि विनियोजन विधेयक पारित भएको हो ।

विनियोजन विधेयक संसदमा निर्णयार्थ प्रस्तुत गर्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरु संसद बैठकबाट बाहिरिएका थिए । उनीहरुले बजेट निर्माण गर्दा अनधिकृत व्यक्ति संहभागी भएको भन्दै छानबिन गर्न माग गरेको छ ।

जेठ १७ गतेदेखि प्रतिनिधिसभामा बजेटमाथिको छलफल सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?