+
+

पानी पुनर्भरणका लागि कार्यालयका खाली परिसरमा पोखरी र रिभर्स बोरिङ

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ५ गते १७:२१

५ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका रहेका सरकारी, सार्वजनिक, निजी संस्थाहरुको परिसरमा रहेको खाली जग्गामा पानी पुनर्भरणका लागि पोखरीको निर्माण गर्ने भएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) साहले आर्थिक वर्ष २०७९/०८०को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बोरिङ गरिँदै आएका स्थानमा रिभर्स बोरिङ गर्ने व्यवस्था मिलाउने बताएका छन् ।

उनले सार्वजनिक निजी साझेदारीमा सार्वजनिक शौचालयहरु सञ्चालन गर्ने नीति सेमत लिएको जानकारी दिए । पुराना हिटी र पोखरीहरुको पुननिर्माण गर्ने योजना पनि महानगरले ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?