+
+

नेपाल लाइफले पोखरामा किन्यो १८ करोड रुपैयाँको घरजग्गा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ६ गते १२:३०

६ असार, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले पोखरामा १८ करोड ११ लाख २५ हजार रुपैयाँ लागतमा पोखरामा घरजग्गा खरिद गरेको छ ।

कम्पनीले नेपाल स्टक एक्सचेञ्जलाई जग्गा खरिद गरिएको बारे जानकारी गराएको हो । कम्पनीको गत चैत ७ मा बसेको सञ्चालक समितिको बैठकले घर जग्गा किन्ने निर्णय गरेको थियो ।

पोखरा महानगरपालिकाको न्यूरोडमा रहेको बालमुकुन्द तुलाचनको नाममा रहेको २ वटा घरसहित २९९ वर्गमिटरको जग्गा सो मूल्यमा खरीद भएको कम्पनीले जनाएको छ । यो घरजग्गा कम्पनीको व्यावसायिक र कार्यालय प्रयोजनमा प्रयोग गर्ने समेत कम्पनीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?