+
+

राजा वीरेन्द्रले विभूषण दिएका भारतीय सेनापतिमाथि फिल्म ‘श्याम बहादुर’ बन्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ७ गते १६:४१

काठमाडौं । सन् १९७१ को भारत-पाकिस्तान युद्धताकाका भारतीय सेनापति साम मनिक्सालाई लिएर बायोपिक फिल्म ‘श्याम बहादुर’ निर्माण हुने भएको छ । मेघना गुल्जारले निर्देशन गर्ने फिल्ममा बिक्की कौशलको मुख्य भूमिका हुनेछ । बिक्कीले गुल्जारको अघिल्लो फिल्म ‘राजी’मा समेत अभिनय गरेका छन् ।

बिक्कीले इन्स्टाग्राममार्फत यो फिल्मको निर्माण सुरु भएको जनाएका छन् । गोर्खा सैनिकमाझ चर्चित सामलाई सन् १९७२ मा नेपाली सेनाको मानार्थ सेनापतिको सम्मान प्रदान गरिएको थियो । तत्कालीन राजा वीरेन्द्रले उनलाई त्रिशक्ति पट्ट पदक सम्मान समेत प्रदान गरेका थिए ।

फिल्मसँग आफू आबद्ध रहेको जानकारी दिन पोस्ट गरेको तस्वीरमा बिक्कीले देशभक्ति भावना बोकेका फिल्ड मार्सलको भूमिकामा देखिन पाउँदा गौरवान्तित महसुस भएको उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?