+
+

बाल सुधार गृहमा प्रहरीमाथि आक्रमण, डीएसपी घाइते

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ७ गते १७:१७

७ असार, बुटवल । रुपन्देहीको भैरहवास्थित प्रदेशस्तरीय बाल सुधार गृहमा प्रहरीमाथि आक्रमण भएको छ ।

बालगृहमा बस्ने किशोरहरुलाई स्थानान्तरण गर्ने तयारीको विरोधमा त्यहाँ रहेका १८ वर्ष मुनिका किशोरहरुले ताला लगाएर प्रहरीलाई भित्र छिर्न नदिई आक्रमण गरेका हुन् ।

आक्रमणबाट जिल्ला प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेल र बडिगार्ड टोपबहादुर रखाल घाइते भएका जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए । डीएसपी पौडेल र रखाल दुबैको अवस्था सामान्य छ ।

आक्रोशित किशोरहरुले सुधार गृहको भवनको सिसा समेत तोडफोड गरेका छन् ।

बाल सुधार गृहमा क्षमता भन्दा बढी किशोर राखिएका छन् । ६० जना क्षमता भएपनि एक सय ६ जनालाई राखिएको छ ।

बाल सुधार गृहका किशोरहरुको अमर्यादित व्यवहारबाट आजित भएको भन्दै स्थानीय बासिन्दाले मंगलबार मात्रै जिल्ला प्रशासन कार्यालयमा पुगेर सुधारगृह स्थानान्तरण गर्नु पर्ने मागसहित ज्ञापन पत्र बुझाएका थिए ।

भैरहवामा चार वर्ष अघिदेखि प्रदेशस्तरीय बाल सुधार गृह सञ्चालनमा आएको हो । कुनै पनि अपराधमा संलग्न भएको आरोप लागेका वा संलग्न भएका बालबालिकालाई यहाँ राखिन्छ । तर, यहाँ किशोरअवस्थाका धेरै भएकाले उनीहरुले अवाञ्छनीय क्रियाकलाप गर्ने गरेको स्थानीयबासिन्दाको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?