+
+

गायक विजय लामाले ल्‍याए ‘नलाऊ भन्छु माया’

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ७ गते १९:०६

७ असार, काठमाडौँ । लोकप्रिय पप गायक बिजय लामाले ‘नलाउ भन्छु माया’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । गायक तथा संगीतकार संजीव पुडासैनीको शब्द तथा संगीतमा तयार भएको गीतमा शैलेन्द्र प्रधान बाबुको एरेन्ज रहेको छ ।

गीतमा किशान श्रेष्ठको मिक्स एण्ड मास्टरिगं रहेको छ । भिडियोमा प्रिया रानी लामा र राजु ग्याबकको अभिनय रहेको छ । प्रेम, रोमान्स र धोकालाई नजिकबाट केलाइएको नलाउ भन्छु मायामा त्रिकोणात्मक प्रेम कथा देखाइएको छ । जसमा गायक लामा कलाकारका रुपमा नयाँ भूमिकामा देखा परेका छन् ।

फराज अर्पणको छायांकन, सम्पादन र निर्देशन रहेको भिडियोको छायांकन पर्यटकीय नगरी नगरकोटमा गरिएको हो ।

गायक लामाका तोगंबाको तातो पानी, नखानु पानी तोगंबाको, ए कान्छी तिमीलाई, भोलि फर्की आउँछु आउँदिन, लगायतका गीतहरुले राम्रो चर्चा कमाएका छन् ।

गायक लामाको मंगलबार सार्वजनिक गरिएको गीतको भिडियो उनको आफ्नै च्यानल बिजय लामा अफिसियलबाट बजारमा ल्याइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?