+
+

खेलाडीबाट सन्यास लिएको १७ दिनपछि प्रशिक्षक बने टेभेज

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ८ गते ११:५४

८ असार, काठमाडौं । अर्जेन्टिनाका पूर्व फुटबलर कार्लोस टेभेज खेलाडी जीवनबाट सन्यास लिएको १७ दिनपछि नै प्रशिक्षक नियुक्त भएका छन् ।

जुन २ मा ३८ वर्षीय टेभेजले व्यवसायिक फुटबलबाट सन्यास घोषणा गरेका थिए । १७ दिनपछि अर्जेन्टिनाको शीर्ष श्रेणी प्रिमियर डिभिजन खेल्ने क्लब रोसारियो सेन्ट्रलले उनलाई प्रशिक्षक नियुक्त गरेको छ ।

क्लबले उनलाई १२ महिनाको लागि नियुक्त गरेको छ । टेभेजको लागि प्रशिक्षकको रुपमा यो पहिलो अनुभव हुनेछ ।

‘मैले खेल्न छाडेँ किनकी मैले मेरो नम्वर एक समर्थक मेरो बुबा गुमाएँ । म एकदिन उठेपछि भने म अब खेल्दिन । मैले मेरो एजेन्टलाई बोलाएर यसबारे भने ।’ टेभेजले आफ्नो सन्यास बारे भनेका थिए ।

रोसारियोले टेभेजलाई क्लबमा स्वागत गरिसकेको छ ।

म्यानचेष्टर युनाइटेड, म्यानचेष्टर सिटी र युभेन्टस जस्ता चर्चित क्लबबाट खेलेका टेभेज २०१५ मा बोका जुनियर क्लबमार्फत अर्जेन्टिना फर्केका थिए ।

त्यसपछि चाइनिज क्लब सांघाई सेरन्हुवा पुगेका टेभेज २०१८ मा बोका जुनियरमै फर्किए र यसै जुनको पहिलो साता सन्यास घोषणा गरेका थिए ।

प्रशिक्षकको रुपमा टेभेजको पहिलो खेल प्रिमियर डिभिजन अन्तर्गत क्लब जिम्नासिया इस्ग्रिमासँग २४ जुलाईमा हुनेछ । चार चरणको खेलपछि रोसारियो सेन्ट्रल २८ टिम मध्ये २२ औं स्थानमा छ । रोसारियोले ४ अंक जोडेको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?