+
+

एमाले केन्द्रीय कमिटी बैठक तत्काल नबोलाइने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ८ गते १२:१४

८ असार, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले पार्टी केन्द्रीय कमिटी बैठक तत्काल नबोलाउने भएको छ । गएको ३० जेठमा सचिवालयको बैठक बसेको थियो ।

उक्त बैठकले स्थानीय चुनावमा पराजयबारे सामान्य छलफल गरेको छ । पार्टीभित्र अन्तर्घात भएको र सत्तारुढ दलहरुले गठबन्धन गरेकाले सिट संख्या घटेपनि एमाले प्रमुख शक्तिमा कायमै रहेको निष्कर्ष सचिवालय बैठकले निकालेको थियो ।

तर चुनावबारे स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटीमा भने छलफल भएको छैन । अध्यक्ष केपी शर्मा ओली निकट एक नेताका अनुसार, तत्काल कुनै पनि बैठक नराखिने भएको छ । ‘असार अन्तिम वा साउन पहिलो सातातिर बैठक बस्न सक्छ । तत्काल बस्ने अवस्था देखिदैन’, ती नेताले भने ।

०७४ को स्थानीय चुनावमा २९४ स्थानीय तह जित्दै पहिलो शक्ति बनेको एमाले गएको ३० वैशाखको चुनावबाट भने दोस्रो दलमा खुम्चिएको छ । ७५२ मध्ये नेपाली कांग्रेसले ३२९ सिट जित्दा एमालेले २०५ सिट मात्रै जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?